नेकपाकै सांसदलेनै मागे संचार मन्त्रीको राजीनामा

नेकपाका नेता तथा सांसद रामवीर मानान्धरले गुठी प्रथालाई सामन्तवाद भनेकोमा सूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल बास्कोटाको राजीनामा मागेका छन् ।

रिपोर्टर्स क्लब नेपालले आज गरेको विशेष बहसमा बोल्दै सत्तारुढ दलकै नेता मानन्धरले गुठीलाई सामन्ती प्रथासँग जोडेकोमा कडा आपत्ति जनाउँदै राजीनामा दिनुपर्ने बताएका हुन् । ‘सरकार प्रवक्ताको रुपमा जसलाई सामन्ती भन्नुभएको छ त्यो फिर्ता लिनुस्, होइन भने राजीनामा दिनुस् । प्रवक्ता जनताको हो ।

धेरै ठूलो स्वरले बोल्ने होइन ।’ उनले भने । सडकमा ओर्लिएका जनतालाई सान्त्वना दिनुपर्नेमा मन्त्री बाँस्कोटाले आगोमा घिउ थप्ने काम गरेको मानन्धरको आरोप छ । ‘सञ्चारमन्त्रीजी, कि क्षमा माग्नुस, कि राजीनामा दिनुस् ।’ उनले भने ।