साहित्यकार किरण पौडेलसँग मनका कुरा केपी कुमार जलनको साथमा

हाम्रा सहकर्मी केपी कुमार जलनले साहित्यकार किरण पौडेल सँग लिनु भएको अन्तरंग कुराकानी

नमस्कार, आजको कुराकानी यहाँको परिचयबाट सुरुवात गरौ ।

हजुर नमस्कार, मेरो नाम किरण पौडेल, घर भरतपुर महानगरपालिका २० चनौली चितवनमा पर्दछ ।

हाल कता के गर्दै हुनुहुन्छ ?

करिव डेढ दशक देखि सशस्त्र प्रहरी सेवामा कार्यरत छु । साहित्य तथा गीत संगीत मेरो रुचिको विषय हो र फुर्सदको समयमा यसमै कलम चलाउने प्रयास गरेको छु ।

साहित्य तथा गीत संगित क्षेत्रमा कसरी र कहिले देखि लाग्नु भयो ?

साहित्यमा मेरो रुचि पहिले देखि नै थियो । विद्यालय तहदेखि नै त्यसप्रति अभिरुचि रहेको र उत्साह वढ्दै जाँदा त्यस किसिमका कार्यक्रम हरुमा सहभागीताका साथै लेखन तर्फको अभिरुचि अझ वढ्दै गयो ।

आफ्नो नियमित काम सँगै साहित्य क्षेत्रलाई कसरी सँगसँगै अगाडि वढाइरहनु भएको छ ?

विभिन्न पेशामा आवद्द भएर पनि धेरै स्रष्टाहरुले आफ्नो व्यस्तताका वावजुद कला साहित्य तथा सृजनात्मक कृतिहरु पस्कन सफल हुनु भएको देखिरहेकै छौं । मैले पनि फुर्सदको समयलाई सदुपयोग गर्दै साहित्य तथा गीत लेखनमा लागिरहेको छु ।

तपाईंका प्रकाशित सृजना र कृतिहरु के के रहेका छन् ?

पचासको दशक देखि नै फुटकर कविता, लघुकथा, हाइकु लगायतका रचनाहरु विभिन्न पत्र पत्रिकामा पाठक सामु आइरहेका थिए भने कृतिको हिसाबले “नाईलको सहारा” र गोदावरी हाइकु संग्रह गरी २ वटा पुस्तकहरु वजारमा आईसकेका छन् । गीत लेखन पनि मेरो रुचिको विषय रहेको छ । देश संघियतामा गईसकेपछि प्रदेशबासीहरुलाई शुभकामना दिई लेखिएको ूशुभकामना सवै प्रदेशबासीलाईू वोलको गीत यसै वर्षको विन्दबासिनी म्युजिक अवार्ड २०७५ को नोमिनेशनमा पर्न सफल भएको थियो । यो गीत राष्ट्रिय भावनाले ओतप्रोत गीतको हिसाबमा नोमिनेशनमा परेको थियो ।

तपाई आँफूलाई साहित्यकार वा गीतकार कुन क्षेत्रको स्रष्टा भनेर भन्न रुचाउनु हुन्छ ?

हामीले देखि रहेकै छौं, स्रजकहरु सधैं एउटै विधा वा क्षेत्रलाई मात्र अंगाल्ने भन्दा पनि समय र परिस्थिती अनुसार प्रष्फुटित भावहरुलाई फरक फरक विधामा पर्ने गरी एउटै स्रजक पनि विभिन्न क्षेत्रमा लागेको हुन सक्दछ । त्यसैले मैले पनि आफूँलाई विधा तोकेरै भन्नु भन्दा पनि एउटा स्रष्टाको रुपमा परिचय दिन रुचाउँछु ।

यतिखेर तपाईका के कस्ता सृजनाहरु आउने क्रममा छन् जानकारी दिनुहुन्छ कि ?

तेश्रो कृतिको रुपमा “उबअषष्अ धबखभ” भन्ने हाइकु संग्रह पुस्तक प्रकाशनको क्रममा रहेको छ भने केही गीतहरु पनि वजारमा आउने क्रममा छन् ।

साहित्यमा विशेष गरी यहाँको रुचि हाईकुमा देखियो, बताईदिनुहोस नः हाईकु भनेको के हो र नेपालमा यसको शुरुवात कहिले देखि भयो ?

जापानमा नियमवद्द छोटो कविताहरुको सुरुवात माचुवा बासोले गर्नुभएको थियो । यही छोटो कवितालाई नै हाईकु भनेर वुझिन्छ । यो शब्द जापानबाट आएको हो । वि सं २०१७ सालमा शंकर लामिछाने ४५ दिनको जापान बसाई सकेर फर्किसकेपछि विस २०१९ सालमा वहाँले लेख्नुभएको हाईकु (

        माकुरा जाल
        झोल्लिएको ओसले 
        तन्किदै गयो 

यो नै नेपालको पहिलो हाईकुको रुपमा स्थापित रहेको छ ।

हाईकु लेख्ने नियम के के छन् र कसरी लेखिन्छ प्रकाश पारिदिनु हुन्छ कि ।

हाइकु शाब्दिक हिसाबले ५र७र५ अक्षरको परिधीमा रहेर लेखिन्छ । पहिलो लाईन ५ अक्षरको हुन्छ, दोस्रो लाईन ७ अक्षर र तेस्रो लाईन पुन ५ अक्षरको हुन्छ यसमा जम्मा १७ अक्षरको संरचना रहन्छ । हाइकु लेख्दा विम्बको प्रयोगमा ध्यान दिनु जरुरी हुन्छ । सामान्य किसिमले अक्षर मात्र पूरा भएका हिसावले सार्थक हाइकुको निर्माण हुन सक्दैन ।

नेपाली साहित्यमा हाईकुको अवस्था कस्तो रहेको पाउनु भएको छ ?

नेपालमा हाइकुको शुरुवात् वि सं २०१९ सालवाट भएतापनि वि सं २०६० सालमा आएर मात्र नेपाल निप्पन रिसर्च सेन्टरको स्थापना भयो । त्यस लगत्तै पहिलो हाईकु महोत्सव २०६२ सालमा प्रज्ञा भवन कमलादीमा भएको थियो । नेपाली साहित्यमा साठीको दशक देखि नै हाइकु नयाँ युगमा प्रवेश गरेको मानिन्छ । प्राध्यापक रामकुमार पाँडेज्यू र प्रकाश पौडेल माईलाज्यूको सक्रियतामा उक्त महोत्सव सम्पन्न भएको थियो । तत्पश्चात् सन् २०१३ मा नेपाल हाइकु केन्द्रको स्थापना भएको थियो । प्राध्यापक रामकुमार पाँडेज्यू नेपाल हाईकु केन्द्रका अध्यक्ष हुनुहुन्छ भने प्रकाश पौडेल माइलाज्यू अन्तराष्ट्रिय नेपाली साहित्य समाजका वरिष्ठ उपाध्यक्ष हुनुहुन्छ । गतवर्ष सन् २०१८ मा प्रकाश पौडेल माइलाज्यूको संयोजनमा दोस्रो अन्तराष्ट्रिय हाइकु महोत्सव २०१८ जापानमा सम्पन्न भएको थियो । यसले हाइकुलाई अझ सशक्त र नयाँ उचाईमा पुराउनेमा पूर्ण विश्वस्त हुन सकिन्छ ।

हाइकुले नेपाली जनमानसमा कस्तो प्रभाव पार्दै गएको पाउनु भएको छ ?

हाल आएर नेपाली साहित्यमा हाइकु क्षेत्रको बाढी नै आएको अनुभूति हुन्छ । संरचनाको वारेमा सुनि सकेपछि र जानी सकेपछि लेखौं लेखौं लाग्ने साहित्य पनि हो यो । धेरै समय खर्चिनु नपर्ने र छोटो समयको फुर्सदको समय तथा यात्राकै क्रममा पनि हाइकु उतार्न सकिने हुँदा यो क्षेत्र नेपाली जनमानसमा लोकप्रिय बन्न पुगेको छ । हाल विभिन्न क्षेत्रका वरिष्ठ व्यक्तित्वहरु पनि हाइकु लेखनमा अग्रसर हुनु भएको देखिन्छ । पक्कैपनि यसले राम्रो प्रभाव पार्न सफल भएको छ भन्ने ठहर गर्न सकिन्छ ।

तपाईका प्रकाशित हाईकु संग्रह पुस्तक तर्फ प्रसंग जोडौँ । हाईकु संग्रहको नाम नाईलको सहारा र गोदावरी रहनुको कारण कारण केही छ कि ।

विगत २र३ वर्षअघि म अफ्रिकी मुलुकहरुमा रहने मौका पाएको थिएँ र त्यहाँ काम गर्दाका वखत लेखिएका हाईकुहरुको संग्रहित कृति हो नाईलको सहारा । नाईल भन्ने संसारको सबैभन्दा लामो नदी र सहारा संसारको सबैभन्दा ठुलो मरुभुमि हो र यस पुस्तकमा नाईल नदीले त्यस स्थानलाई कसरी सहारा दिएको छ भन्ने कुरालाई बिम्बित गर्न खोजिएको छ । अर्को पुस्तक गोदावरीको नाम पनि प्रतिकात्मक किसिमले नै छनौट गरिएको हो । आदरणीय प्राध्यापक राम कुमार पाँडेज्यूले समयसमयमा हामीलाई धेरै विषयवस्तुको जानकारी दिने क्रममा भन्नु भए अनुसार अठारौं शताव्दीमा जापान गएका विद्यार्थीहरुले जापानबाट हलुवा वेद, कटुस, निल लहर फूल र गोदावरी फूल लिएर आएका रहेछन् । सोही कारण जापानबाट आएको साहित्यलाई पनि एउटा फूलको स्वरुपमा गोदावरीको सम्झना गरिएको हो ।

कुराकानीको अन्त्यमा छौं, अन्त्यमा केही भन्न चाहनुहुन्छ कि

साहित्य लेखनमा सदैव सकारात्मक उत्प्रेरणा र साथ दिनुहुने नेपाल हाइकु केन्द्रका अध्यक्ष प्राध्यापक राम कुमार पाँडेज्यू साथै नेपाल हाइकु केन्द्रका उपाध्यक्ष मित्रबन्धु पौडेलज्यू एवं चितवन साहित्य परिषदका अध्यक्ष सुरेन्द्र अस्तफलज्यू तथा काव्य उत्सव काठमाण्डौंका संयोजक रिसी वरालज्यू लगायत सम्पूर्ण साहित्यिक मनहरुमा आभार प्रकट गर्दछु । धन्यवाद

यहाँलाई पनि धन्यवाद ।