परदेशी हरुले सुन्नै पर्ने मनछुने कहानी | भिडियो सहित……………

जिन्दगीको यात्रामा भोगेको अनगिन्ती पिडाहरुको केही अंश : लेख्न त मेरो मानसपटलमा याद भएको सबै कुरा लेखेर छरपस्ट पार्न मन लागेको छ , अलिकति भएपनि पिडाहरु कम गरौ नलागेको हैन ।

भिडियो हेर्नुहोस ।

तर पनि बिगत सम्झिन मन मानिरहेको छैन । एउटा गाउँको साधारण परिवारमा जन्मिएको म बाल्यकाल पनि असाध्यैं रमाइलो सँग कटाए जस्तो लाग्छ , मलाई सबैले चकचके केटा भन्थे ,साच्चिकै त्यो बालापन स्कुल जान्थ्यौ अनि घर आएपछि गोठालो जान्थ्यौं म अनि मेरा उहीँ चुलबुले साथीहरु एकदिन त हामी गाडी गुडाउनमा ब्यस्त भयौ अझ भनौं रहरको ड्राइभर अनि ढुङ्गाको गाडी त्यो धुलो माटो , तर बाख्रा राई बाजेको मकै बारिमा पुगेछ । अनि हामिलाई धेरै गाली गर्नु भयो , घर आउदा हामी भन्दा पहिला बाख्राले मकै खाएको खबर आइपुगेछ , घरमा गालि गर्नु भयो हामिलाई , ( खाना खान आइज तँ तलाइ ) हामी डरले लुक्यौ लुक्ने ठाउँ पनि कस्तो है माथि बाख्रा माथि हामी तल , अनि त्यो खोरको दुर्गन्ध बाख्राको पिसाप छि~ खाना खाने बेला भयो आमाको मन कहाँ मान्छ र छोराछोरी अगाडी नभएसम्म खाना खान हाम्रो खोजि कार्य सुरु भयो तर हामी बाहिर आउन चाहिनौं त्यो रात हो चिसो रात ………………… यसरी नै बालापन बितेको पत्तै भएन

पढाइ राम्रो थियो मेरो विडम्बना पढाइलाई निरन्तरता दिन सकिन् अनि बैदेशिक रोजगार को बाटो देखे बिदेशिनै पर्ने बाध्यता भने थिएन , तर पनि कता कता मलाई पनि ठूलो जहाज चढ्ने रहरको जाग्यो । किनकि मेरो दौतरी साथिहरु सबै परदेश लागिसकेका थिए , मलाई पनि हौसला दिने गर्थे साथिहरुले मेरो मन पनि कहाँ मान्थ्यो र पासपोर्ट बनाए अनि काठमाडौंको गल्ली गल्लिमा डुल्न थाले मेनपावरको साइनबोर्ड खोज्दै चिनेको कतै थिएन । भोको पेट लिएर कति दिन डुल्नु काठमाडौं शहरमा । अनि गाउँकै अंकल हुनु हुन्थ्यो जोरपाटीमा सम्झिए र फोन गरे मनसाय भो मोबाइल गोजिबाट निकाल्दै अंकलको नं डायल गरे तर स्विच भनेर प्रतिउत्तर अायो । मन भारी भएर आयो पानी पिउँन मन लाग्यो छेउकै पसलबाट एक बोत्तल पानी लीए १५ रुपैयाँमा अनि पिए । थोरै पानी बच्यो त्यो पानी शरीर भरी छर्न मन लाग्यो …

अनि फेरि अंकललाई फोन गर्ने कोसिस गरे फोनको घन्टी बज्यो र उताबाट आवाज अायो ( हेल्लो जेठा ) म पनि खुशी हुँदै सबै मनको कुरा सुनाए…… कुरा सक्न नपाउदै अंकले भोलि अाउनु भनेर भन्नू भयो । रित्तो झोला हातमा हरियो पासपोर्ट बोकेर कलंकी बाट जोरपाटीको यात्रा तय गरे बसमा सिट प्याक थियो उभिएर बसे । बस भित्र भएको सबै जनालाई नियाल्दैं हेरे मनमन सोचे यो भिडमा म जस्तो अभागी कोही छैन होला बस गुड्दै थियो । बालाजु पुगेपछि छेवैमा बसेकी एक जना दिदी ओर्लिनु भयो मैले पनि बस्ने मौका पाए । मोबाइल निकालेर हेडफोन लगाउदै गीत सुन्न मन लाग्यो । मलाई यो जिन्दगीले कहाँ पुर्यायो भन्ने गित सुन्दै यात्रा गरे आँखा रसाएको थाहा नै पाइन् सबै जनाको ध्यान म तिर केन्द्रित भइरहेको र छ । लाज लाग्यो र फेरि मुस्कुराउने प्रयास गरे । त्यसै गरि जोरपाटी पुगे र सोचेको जस्तै म पनि ठूलो प्लेन चढ्ने भए अंकलले सबै मिलाइदिनु भयो । बुवा ममि खुशि हुनु हुन्नथ्यो किनकि राम्रो ठाउँमा जाउ छोरा भन्नू हुन्थ्यो तर मलाई कहिले बिदेशी हावा पानीमा रमाउने होला भन्ने हतार थियो । त्यसै गरि साउदीको एक रेष्टुरेन्टमा जानको लागि योग्य भए ।

सबै कुरा भुलेछु त्यो खुशीहरुले एरपोर्ट पुगे सँगै जाने साथीहरु ७ जना थियो ,सबैलाई बिदाई गर्न हातमा फुल माला र खादा लिएर आफन्त हरु भेला भएका थिए। कसैले प्रेमिका, कसैले, दिदी बहिनी , दाजु , भेनाजु भन्दै चिनाए साथिहरुले । मैले कस्लाई चिनाउनु । बाथरुम जाने बाहानामा एकछेउमा गएर यति रोए कसम आशुको भेलहरु थाम्न सकिन तर रोएरै मात्र पनि भएन फेरि साथिहरु भए नजिकै अाउदा सबै जनाको निधारमा टिका गलामा माला ओठमा मुस्कान देखे । म पनि मुस्कुराउदै नजिक आएर बेला भएन भने । सबै जनाले मलाई हेरीरहे बस हेरी रहे म मुस्कुराउने प्रयास गरिरहे । अनि हामि चढ्नु पर्ने ठूलो प्लेन नजिकै पुग्यौ र सबैले फोटो खिचेर बाईबाई नेपाल भन्दै भटाभट पोस्ट गर्न थाल्यो । तर मलाई मन लागेन… खै किन हो थाहा छैन ।

प्लेन बाट झरेपछि लाग्यो म कतै आगो तापिरहेको छु , मलाई पोलिरहेको छ , त्यस्तो गर्मि थियो साउदी अरबमा ।
दिनहरु बित्दै जान थाल्यो काम हरु पनि सजिलै थियो भाषा नजान्ने हुनाले घुमफिर गर्न साथिहरु सँग घुलमिल हुन केही समय कठिन भयो । बिस्तारै सबै सहज हुँदै गयो १२ घन्टा डिउटी रुममा आउ खाना बनाउ खाउ साथि भाइ सँगको गफ । ………… दिनहरु ब्यस्त हुन् सुरु भयझै लाग्यो । डिउटी अनि चर्को घामको सामना गर्दैं दिनहरु बित्न सुरु भयो ।

 लेखक-असफल यात्री मुस्कान
उदयपुर

बाकि भिडियोमा