पागल प्रेमी…

पागल प्रेमी…

अनिदोले आँखा पोलेको हैन प्रिय,
तिम्रो याद र सम्झनाले मुटु पोलेको हो ।
मैले सम्झनाका तरेलीहरु यति गाँसेको छु कि,
हरेक लतिकाहरुमा तिम्रा तस्विर टासेको छु ।
हरेक बचेराका गासहरुमा तिम्रो स्नेहा छ,
आज सपनीमा परि देखे प्रिय,
तर परिको रुपमा फिक्का पन पनि देखे,
तिम्रो चन्द्ररुपी मुहारको अगाडी,
अप्सराहरुमा पनि मैले खोट देख्न थालेको छु ।

प्रिय मलाई माघ महिना एक बर्ष जत्रो लागेको छ,
कतै कोहि पापीले तिम्रो सिन्धुर रंगाउने त हैन ?
कतै कसैले हाम्रो बारेमा नराम्रो कुरा गर्ने त हैन ?
भावना र सम्झनाले आज भोली म निदाउनीन प्रिय,
यो पागल पन हैन चोखो मायाको निशानी हो ।

तिमीले भन्छेउ होला,यस्ता माया गर्ने कति छन कति,
तर प्रिय तिम्रो यादमा यति तड्पिने पागल प्रेमी
यो जुनी त त्यस्तै हो सात जुनी पनि पाउने छैनौ ।
लिएर हेर मायाको परिक्षा,
गरेर हेरर मैले झै तिम्लेनी माया,
पाउने छौै तिम्रो मुटुमा मेरो धड्कन,
देख्नेछौं पानीको फोकामा मेरो तस्विर,
अनि पाउने छौं चन्द्रमाको उज्यालोमा पनि मेरो स्पर्श ।