हराईरहेकी आमालाई खोज्न सहयोग गरिदिन सरीताको अनुरोध ( सेयर गरौ )

काठमांडौ १७ असार / नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीकी खेलाडी सरीता मगरले हराईरहेकी आफ्नी आमालाई खोजेर सहयोग गर्न अनुरोध गर्नुभएको छ । आफ्नो फेसबुकमा भाबुक स्टाटस लेख्दै उहाँले आफ्नी आमालाई खोजिदिन सबैसामु आग्रह गर्नुभएको हो ।

सोलुखुम्बु सोलुदुधकुण्ड नगरपालिका १० चैलुङ हाल काठमांण्डौ पैँयुटार बस्दैआउनु भएकी इन्द्रमाया मगर गत असार १४ गते देखि गोठाटार को शिब चोक बाट करीब बिहान ११ बजेदेखि हराईरहनुभएको छ ।

प्रहरी सहित आफन्तहरु खोज्नका लागि खटिएपनि अहिले सम्म केही पत्ता नलागेको श्रीमान चन्द्रबहादुर मगरले बताउनुभयो ।

यदि कसैले भेटेमा नजिकैको प्रहरी चौकी तथा आफन्तलाई खबर गरिदिन समेत उहांले अनुरोध गर्नुभएको छ । हराईरहेकी इन्द्रमाया को ५ जना छोरीहरु छन ।