अनमोल के.सीले अभिनय गरेको क्याप्टेनको ट्रेलर यस्तो बन्यो

अनमोल केसी अभिनीत बहुप्रतीक्षित चलचित्र ‘क्याप्टेन’को ट्रेलर सार्वजनिक भएको छ। नायक केसीलाई पहिलो पटक फुटबल खेलाडीको रुपमा प्रस्तुत गरिएको चलचित्रको ट्रेलर ओएसआर डिजिटलको युट्युबमार्फत शुक्रबार रिलिज भएको हो। गत मङ्सिरमा चलचित्रको पहिलो गीत ‘रहर छ सँगै’ सार्वजनिक भएको थियो।

चलचित्रमा प्रियङ्का एमभी, सुनिल थापा, प्रशान्त ताम्राकार, वुद्दि तामाङ, विल्सन विक्रम राई लगायतका कलाकारको पनि भूमिका छ । दिवाकर भट्टराईको निर्देशनमा बनेको चलचित्रको निर्माता भुवन केसी र अनमोल केसी रहेका छन्। चलचित्रमा सामिप्यराज तिमल्सिनाको कथा रहेको छ। हेर्नुस् ट्रेलर।