ओभरफ्लो हुन थालेपछि कोशी ब्यारेजका सबै ढोका खोलियो मोदीलाई तनाव बिहारमा भागाभाग (भिडियो हेर्नुहोस) 

शनिबार राति सप्तकोशी ब्यारेजको सबै ५६ वटै ढोका खोलियो। कोशीमा तीन लाख ७१ हजार एक सय १० क्यूसेक पानीको बहाव भएपछि सबै ढोका खोलिएको थियो। कोशी ब्यारेजमा विगत १५ वर्षयताकै धेरै पानीको बहाव देखिएको त्यहाँ कार्यरत प्रहरी सहायक निरीक्षक ईश्वरी दाहालले जानकारी दिए।पानीको धेरै बहावका कारण ब्यारेज नै जोखिममा पर्ने देखेर ढोका खोलिएको उनले बताए । ५० वर्ष आयु भनिएको ब्यारेज निर्माण भएको ६० वर्ष पुगिसकेको छ।९ लाख क्यूसेक पानी थाम्ने क्षमता भएको भनिएको ब्यारेजमा पौने चार लाख क्यूसेक पानीको बहावमै ओभरफ्लो भएको थियो। ‘

ब्यारेज भरी बालुवा नै बालुवा छ,’ उनले भने, ‘त्यसैले कम पानीमै ओभरफ्लो हुने गरेको छ।’ प्रहरी सहायक निरीक्षक दाहाल अनुसार सप्तरीको गोबरगाडा क्षेत्रमा कोशीको पानीले बाँधभन्दा माथि पुगेर बस्ती डुबाउन सुरु गरेको थियो। ढोका खोलेसँगै पानीको सतह घट्न थालेको उनले जानकारी दिए।ब्यारेजको ढोका खोल्न भारतीय अधिकारीहरुले नै अग्रसरता देखाएका थिए। पटनाबाटै बीरपुरका हेड कमाण्डरलगायत सुरक्षाकर्मीहरु राति अबेरसम्म बसेर पानीको निरीक्षण गरेको बताइएको छ। भिडियो हेर्नुहोस