मेरो माया बोलको तीज गीत सार्बजनिक – भिडियो सहित

असार-हिन्दु नेपालि नारिहरुको महान चाड हरितालिका तिज नजिक सर्दै गर्दा कलाकारलाई भने तिजको रौनकले छोईसकेको छ। हिजोआज दैनिक रुपमा धेरै कलाकारका गितहरु बजारमा आउन सुरु गरेका छन।

यहि क्रममा भर्खरै मात्र “मेरो माया” नामक तिज गित पनि बजारमा आएको छ।नवगायक श्याम पंगेनिको प्रस्तुतिमा बजारमा आएको गितमा गायिका निता अधिकारि र श्याम पंगेनिको स्वर सुन्न सकिन्छ।आँफैले शब्द श्रृजना गरेका पंगेनिको गितमा लय भने पछिल्लो समय प्रदेशमा रहेर निरन्तर गितसंगितमै संघर्ष गरिरहेका गायक तथा सर्जक प्रेम सापकोटा सोनुले भरेका छन।

वर्ल्ड कभर मिडिया प्रा.लि. को ब्यानरमा बनेको म्युजिक भिडियोमा पछिल्लो समयकि चर्चित मोडल आरुषि थापाको बेजोड नृत्य रहेको छ।देवेन्द्र कुंवरको निर्देशन,महेन्द्र निरौलाको कोरियोग्राफ,राम सिंह भाटको सह-सम्पादन,विरेन्द्र भाट को छायाँकन तथा सम्पादन रहेको गितलाई आरती मिडियाले बजार व्यवस्थापन गरेको छ।
हेर्नुहोस भिडियो