गरिब निमुखा उत्पिडित,शोषित र सर्वहारा जनताको मुक्तीको लागी भन्दै नेपाल कम्युनिष्ट पार्टी माओवादीको नेतृत्वका नेपालमा भएको १० बर्षे जनयुद्धपछि निम्तिएको समस्याहरुमा द्वन्द्वपीडितहरुको समस्या समस्याका रुपमा बल्झीएको छ। पिडितहरुका समस्या समाधान गर्न सरकार र सरकारको नेतृत्व गरिरहेको पार्टीका नेता कमरेडहरुले समाधान गर्ने तर्फ केन्दित नभई पिडितहरुको चर्किएको घाउमा मलम लगाउनुको साटो उल्टै बल्झ्याउने र फेरी देशलाई द्धन्द्ध सृजना गर्ने बाटोमा उन्मुख छन् ।
राज्यले समस्याको समाधान भन्दा पनि द्वन्द्व नै चाहेको छ, र द्वन्द्व पिडित हरुले उठाएको जायज माग हरुलाइ सम्बोधन गर्ने बाटो बिराएर उल्टै धरपकट गर्दै जबर्जस्ती द्वन्द्व तिर धकेल्ने बाटो तिर राज्य लागेको छ। हामी जस्ता परिबर्तनकारी जनमुक्ती सेनाले लडेर २४० बर्षे राजतन्त्र अन्त्य गर्नु देखी, संघिय लोकतान्त्रिक गणतन्त्र सम्मको बाटोमा डोहो¥याउने महत्त्वपूर्ण भुमिका जनमुक्ती सेना नेपाल ले नै खेलेको हो, जनमुक्ती सेना ,नेपाली जनताको अधिकारको निम्ती बर्गिय दुश्मन संग लड्दै आफ्नो ज्यानको बाजि राख्दै लाम्बद्व ढंगले कमान्डर को आदेश लाई स्वैकार्दै जनमुक्ती सेना अगाडि बढ्यो । त्यसरी अगाडि बढ्दै गर्दा जनताको दुश्मन संग लड्दै अगाडी बढ्दा १० बर्षे जनयुद्ध को प्रकृया मा त्यही लडार्इ बाट १७ हजार योद्धाहरु साहादात भए, भने १२ हजार अंगगभंग भए, हजारौ बेपत्ता भए, बेपत्ता परिवार अहिले कि सास चाहियो कि, लास चाहियो भनेर आँखा भरी आँसु लिएर न्याए खोज्दै भौतारी रहेको छन् तर राज्यले कुनै सत्यतथ्य छानबिन गरि सार्बजनिक गर्न सकेको छैन राज्य मौन छ, यस्तै गरि शान्ती प्रकृया र सेना समायोजन को नाममा जनमुक्ती सेना लाई ७ वटा अस्थार्इ सिबिरमा राख्यो भने कथित बिदेशी (अनमिन ) लाई बोलाइ प्रमाणीकरण गर्ने काम गर्यो, त्यही प्रमाणीकरण बाट एउटै सिबिरमा भएका सेनाहरुलाइ बिभाजन गरि (चार हजार ) जना जनमुक्ती सेना लाई अयोग्य बिल्ला भिराएर कुनै
व्यवस्थापन नगरी समाजमा फर्काइयो।
त्यही जनमुक्ती सेनाले लडेर ल्याएको संघिय लोकतान्त्रिक गणतन्त्र योग्य हुने, भने चार हजार जनमुक्ती सेना कसरी अयोग्य? हाम्रै कारण ले प्रधानमन्त्री को कुर्सी सम्म पुग्नु भएको छ भने , प्रधानमन्त्रीको कुर्सी योग्य, हामी कसरी अयोग्य ? यसको उत्तर ७ वटा डिभिजन कमान्डर , ४ जना डिपुटी कमान्डर, र तत्कालीन सुप्प्रीम कमान्डर क. प्रचड ज्यु ले दिनु पर्छ । डिपुटि कमान्डर नन्द किसोर पासाङ ज्यु तपाईं यहि जनमुक्ती सेना कै कारण उपराष्टपति बन्नु भएको छ, चक्र पाणि खनाल बल्देब ज्यु हाम्रै कारण ले गर्दा कृषि मन्त्री बन्नु भएको छ, डिपुटी कमान्डर जनार्दन शर्मा ज्यु हाम्रै कारण ले गर्दा तपाई गृह मन्त्री बन्नु भयो, अनन्त ज्यु हाम्रै कारण ले गर्दा उर्जा मन्त्री बन्नु भएको छ, प्रचण्ड ज्यु तपार्इ हाम्रै कारणले गर्दा २ पटक सम्म प्रधानमन्त्री बन्नु भयो, के कुर्सी कै लागि मात्रै थियो त १० बर्षे जनयुद्ध को लक्ष्य ? सिबिर मा खर्बौ भ्रष्टाचार गर्ने तपाईंहरु चाहिँ योग्य, हामी चाहिँ कसरी अयोग्य? अब भ्रष्टाचारि गर्ने तपार्इहरुको बिरुद्ध मा ७७ वटै जिल्लामा र सर्बोच्च अदालत देखि अख्तियार सम्म तपाई हरुको बिरुद्धमा मुद्दा हाल्छौ,, नेपाली जनताले पसिना बगाइ ,कमाएर तिरेको कर माथी हिनामिना गर्ने अधिकार कसैलाइ छैन, वाइटबडि विमान माथी खुलेआम रुपले ४ अर्ब भ्रष्टाचार भएको पुष्टि भैसकेको छ। त्यो भ्रष्टचारी चाहिँ योग्य, हामी चाहिँ कसरी अयोग्य ? द्वन्द्वपिडित हरुलाइ सडक मा छोडेर कसरी शान्ती प्रकृया ले पुर्णता पाउला? यदि द्वन्द्व व्यस्थापन नगरे सम्म शान्ती प्रकृयाले पुर्णता पाउनु सक्दैन। छिटो भन्दा छिटो ध्यान जाओस।
बहिर्गमित जनमुक्ती सेना नेपाल केन्द्रीय संघर्ष समिती,महासचिव ,राजन थापा सुवास