खिस्स हास्ने छोरो पाए पछि रोशन र करिश्मा ढकालको कुरो मिल्यो,तीजमा आयो ससुरालीबाट निम्तो – भिडियो सहित

गत बर्ष एउटा तीज गीत अत्यन्तै चर्चामा रह्यो । गीतको बोल थियो खिस्स हास्ने छोरो । यो गीतबाट निकै चर्चामा रहेका रोशन गैरेले यो पटक पनि उस्तै उत्कृष्ट गीत खिस्स हास्ने छोरो – २ लिएर आएका छन ।

बाबु आमाको अनुमती विना विहे गरेकी युवती जो तीजमा माइती सम्झेर विलौना गर्छिन र अन्त्यमा रोशनले भन्छन केहि बर्ष पर्ख खिस्स हास्ने छोरो पाए पछि सबैले माया गर्छन भन्ने सन्देश दिएका थियो । यो विषयसँगै पहिलो भागको अन्त्य भएको थियो भने भाग दुईमा भने जस्तै भएको खिस्स हास्ने छोरो पाए पछि उनीहरुको कुरा पनि मिलेको छ ।

समाजमा भएको यो घटना धेरैको बास्तविकता सँग मिल्दो जुल्दो छ । तीजमा उठाउनु पर्ने भावना भनेकै यस्तै भावना र सन्देश हो । जुन काम रोशनको टिमले गरेको छ ।

निकै उत्कृष्ट शब्द तथा लय सिर्जना रहेको सो गीतको सिर्जना रोशन आफैले गरेका हुन भने गीतमा रोशन र रितु थापाको आवाज रहेको छ ।

गीतको म्युजिक भिडियो समेत उत्तिकै उत्कृष्ट बनाइएको छ । गीतमा कश्मिा ढकाल र रोशन गैरेको अभिनय देख्न सकिन्छ भने करिश्मा ढकाललको निर्देशन रहेको छ ।

गीतलाई राशिका डिजिटलले बजार ब्यवस्थापन गरेको छ । गीत सार्वजनिक भए पछि हामी सँग कुरा गर्दै गायक तथा सर्जक रोशन गैरेले विगतको गीत जस्तै यो गीतलाई पनि सबैले मन पराईदिनेमा आफु आशावादी रहेको बताउनु भयो ।