साम्राज्ञीको हट अवतार हेर्नुहोस फोटो फिचर

अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह अहिले बिदा मनाइरहेकी छन् । उनी बिदा मनाउनको लागि इन्डोनेशियाको बालीमा पुगेकी छिन् ।

इष्टाग्राममा केही नयाँ तस्बिर अपलोड गर्दै उनी बालीमा बिदा मनाइरहेको जानकारी दिएकी छन् ।

अशोक शर्माको निर्देशन रहेको फिल्म ‘रातो टिका निधारमा’ र नवल नेपालको निर्देशन रहेको फिल्म मारुनी भर्खर सकाएकी साम्राज्ञी अभिनयबाट मिलेको फुर्सद बिताउन बाली पुगेकी हुन् ।

बालीको एक समुन्द्री किनारमा उनले केही तस्बिरसमेत खिचाएकी छन् । उनले समुन्द्रको पानीमा चल्दै र खेल्दै गरेको तस्विरसमेत खिचाएकी छन् ।

(सम्पुर्ण तस्बिर साम्राज्ञी राज्यलक्ष्मी शाहको फेसबुक पेजबाट)