विश्वकै लामो खुट्टा भएकी मोडलको बोल्ड अवतार

एक चिनिया मोडल अहिले चर्चामा आइरहेकी छन् । २० वर्षीया ती मोडल भाइरल हुनुको पछाडि उनको लामो खुट्टा हो । दोङ लेइ नाम गरेकी मोडल सामाजिक संजालदेखि विभिन्न मिडियामा छाइरहेकी छन् ।

उनको खुट्टाको लम्बाई ४५ इन्च छ । ५ फिट ११ इन्चकी यी मोडल पूर्वी चीनको आनुही प्रान्तकी हुन् ।

१६ वर्षकै उमेरमा उनको उचाइ ५ फिट ९ इन्च थियो । उनका पिताको उचाई पनि ६ फिट १ इन्च र आमा ५ फिट ७ इन्चकी छिन् । सोही कारणले पनि उनको उचाई तुलनात्मक रुपमा बढी भएको हो । आफ्नो उमेर समूहमा उनी संसारकै लामा छुट्टा भएको दाबी गर्छिन् ।

तर, संसारकै लामा खुट्टा भएकी युवती भने रसियन सुन्दरी इकाटेरिना लिसिनाको नाममा गिनिज बुकमा रकेर्ड छ । उनी ६ फिट ९ इन्च अग्ली छिन् । एजेन्सिबाट