श्रृङ्खला र शिसनको प्रेम सम्बन्ध, काँधमा टाउको राखेर फोटो खिचेपछि चुलियाे चर्चा

काठमाडौं । ‘मिस नेपाल २०१८’ की विजेता हुन् श्रृङ्खला खतिवडा । मिस नेपालको ताज पहिरीए पछि उनी धेरै चर्चाको शिखरमा पुगिन् । त्यसको केही समय पछि नेपालको तर्फबाट प्रतिनिधित्व गर्दै उनले चिनमा आयोजित मिस मिस वर्ल्डमा सहभागिता जनाएकी थिईन् ।

‘मिस वर्ल्ड’को प्रतिस्पर्धाका क्रममा उनले दिएको अभिव्यक्तिले नेपालीलाई मात्रै नभएर विश्वका धेरै मुलुकका दर्शकहरुलाई मोहीत बनाउन सफल भईन् । विगतमा मिस नेपालहरु भन्दा श्रृङ्खलामा धेरै बौदिक क्षमता छ भन्दा कुनै फरक नपर्ला । उनले त्यो समयमा दिएको फरक विचार साथै अभिव्यक्ति र उनको स्वभावले उनी चर्चाको शिखरमा पनि पुगेकी छन् । उनको त्यो फरक विचार र अभिव्यक्तिलाई धेरै प्रशशा गर्ने गरेका थिए ।

त्यसैले उनको सकारात्मक चर्चा व्यापक रुपमा भयो । पछिल्लो समय फिल्मको लागि आएको प्रस्तावहरु अस्वीकार गर्दै उनले आफुलाई अादर्श प्रमाणित गरेकी थिईन् । तर अहिले सामाजिक संजालमा उनको फरक चर्चाको सुरुआत भएको छ ।

हाल टर्की भ्रमणमा रहेको बेला उनको चर्चा सुरु भएको हो । टर्की भ्रमणमा रहेको बेला उनले एक युवकसँग काँधमा टाउको राखेर फोटो खिचिएको तस्बीर सार्वजनिक गरेपछि समाजिक संजालमा उनको चार्चा चुलिएको छ ।

जुन युवक सिशन बानियाँ हुन् । उनीहरुले कैद गरेका तस्बीरमा एकअर्काको माया प्रेम प्रकट भएको प्रशस्त देखिन्छ । यो तस्बीर सार्वजनिक भएको केही समयमै सामाजिक संजालमा भाइरल भएको छ । सिशन बानियाँ सँग जोडिएर श्रृङ्खलाको चर्चा असअभि पनि नआएका होइनन् । त्यसैले यो तस्बीरबाट उनीहरुले एक अर्काबीचको प्रेम सम्बन्धको घुमाउरो अभिव्यक्ति दिएका पनि हुन सक्छ ।

तस्बीरमा सिशनको काँधमा श्रृङ्खलाको टाउको राखेर पोज दिएको देख्न सकिन्छ । यही तस्बीरको बिषयलाई लिएर उनीहरुबीचको सामाजिक संजालमा अहिले अनेकैं तर्कहरु आएका छन् । श्रृङ्खलाले यसअघि मिस नेपालको यात्रामा पनि आफ्नो काममा सहयोग गर्दै आएको खुलाएकी थिईन् ।

तर पछिल्ला कृयाकलापहरुले उनीहरु बीच प्रेम सम्बन्धको संकेत गरिरहेको छ । यद्यपि श्रृङ्खलाले भने आफ्नो प्रेमी कोहस् नभएको बताउदै आएकी छन् । यो तस्बीरको बिषयमा दुवै पक्षबाट औपचारिक धारणा आएको छैन् ।