कुम दुखाइका कारण र उपचार

मानव शरीरको सबैभन्दा बढी हलचल हुने र महत्वपूर्ण अंग हात हो ।

हातको परिचालित केन्द्र भने कुम हो । दुवै पाताको छेउको कचौराजस्तो भागमा पाखुराको गोलो भाग जोडिएर कुमको जोर्नी बनेको हुन्छ । त्यसमा चोट पुगेमा वा कुनै रोगको प्रभाव परेमा पाखुरादेखि औँलासम्मको भागमा समस्या आँउछ । हात दुख्ने नचल्ने परिचालित नहुने वा चलायो कि दुख्नेजस्ता समस्या आउन सक्छन् । मानिसको व्यतिmत्व क्षमता स्वभाव र कार्यशैलीको संकेत दुइ हातले दिने हुँदा यिनलाइ व्यतिmत्व परिचयको पूर्वसंकेत समेत मानिन्छ । हात स्वाचालित परिचालित र अतिचालित अंग भएको हुनाले यसमा विशेष ध्यान पु¥याउनुपर्ने हुन्छ । अब जानौँ कुम दुखाइका कारण र उपचार ।

हात र कुमको संगमस्थल कुमको जोर्नीलाई मांसपेशी लिगामेन्ट, जोइन्ट क्याप्सुल,टेन्डन आदि तत्वले धानेर राखेको हुन्छ । यस्ता तत्वमा कुनै चोट वा समस्या आएमा जोर्नी पूर्ण रुपमा परिचालित नहुन सक्छ । त्यस्तै जोर्नीमा घर्षण नहोस भनेर सो ठाँउमा पानीको सानो थैलोजस्तो वस्तु वर्षा हुन्छ । सोहि पानीको भागमा कहिँलेकाँहि चोट पुग्न सक्छ । जसले अत्यन्तै दुखाइ निम्त्याउँछ ।

चल्ने क्रममा कहिलेकाहीँ कुममा दुई हड्डीले मांसपेशी र नसा आदि तत्वलाई थिच्न सक्छन् । यो कुम दुखाइको अर्काे कारण हो ।

कुम दुख्ने समस्या विशेषगरी मधुमेहका बिरामीमा देखापर्छ । कुमको हड्डी जाम भएर हात माथि र पछाडी लैजान नसक्दा अत्याधिक दुखाइ हुन्छ । यस्तो अवस्थालाई फ्रोजन सोल्डर भनिन्छ । जोइन्ट क्याप्सुल कसिलो भएर कुमको जोर्नीलाई चल्न नदिएर दुखाइ निम्तिन्छ ।

कहिलेकाँहि गाह्रो वस्तु उचल्दा, तान्दा,धकेल्दा, जोर्नीमा रहेको मांसपेशीमा चोट पुग्छ र समस्या आँउछ । जसलाई रोटेटर कफ टेन्डेनाइटिस वा रोटेटर कफ टिएरर भनिन्छ । पौडी,क्रिकेट, बास्केटबल, टेनिस, ब्याडमिन्टन आदिका खेलाडीले हात टाउकोभन्दा माथि उठाउनुपर्ने हुन्छ । उनिहरुलाइ यस्ता समस्या आउन सक्छ । त्यस्तै कम्युटर लेखनजस्ता लामो समयसम्म मुन्टो झुकाएर गरिने कामका कारण कुममा असर पर्छ । सो असर हातमा पुग्ने गरेको पाइएको छ । असन्तुलित तथा कडा व्यायामसमेत कुम दुखाइको अर्काे कारण हो ।

केवल हातमे भएको असरले मात्र यसमा दुखाइ नभइ अन्य अंग प्रत्यगंका रोगका कारण पनि हुन सक्छ ,। जस्तै, मुटुको दुखाइ, घाँटीको मेरुदण्डको समस्या हुँदा पनि त्यसको प्रभाव हातमा पर्न सक्छ । यस्ता दुखाइको उपचार गर्नूपर्व कारण पता लगाउन आवश्यक छ । सो रोगले हातमा के कस्ता कार्यमा असहज बनाएको छ त्यो बुझ्नुपर्छ । अन्य कुनै रोगका कारण समस्या छ भने सो रोगको उपचार गराउनुपर्छ । हातको कुन भाग बढी प्रभावित छ ,कुन मांसपेशी कमजोर भएको छ , जोर्नीका कस्ता तन्तुमा अवरोध भएका छन्जस्ता विषय कुशल थेरापिस्टले पहिचान गर्न सक्छ । अनि उपचार विधि अपनाउँछ ।

कुमको मांसपेशी कमजोर जोर्नी कसिलो भएर पीडादायी दुखाइ भइसकेको अवस्थामा पीडा कम गराएर मात्र तान्ने तन्काउने अर्थात फिजियोथेरापी गर्ने गर्नुपर्छ ।

तत्काल कुनै चोट लागेर भएको दुखाइ हो भने त्यसलाई सुरुमा आरा मगर्न लगाउने, आइस लगाउने पट्टी बाँध्ने आवश्यकता हेरि अल्ट्रासाउन्ड थेरापी टेन्स आइएफटीजस्ता विधुतिय उपकरणको प्रयोग गर्नुपर्ने हुन्छ । यस्ता चोटको कारण पछि हातका मांसपेशी कमजोर हुने जोर्नी कसिलो हुने तथा हात पूर्ण रुपमा परिचालित नहुने हुन सक्छ । यस्ता समस्या आए जोर्नीलाई तातोले सेकने , खुम्चिएको अथवा कसिलो भागलाई तन्काउने जोर्नी वरिपरिका मांसपेशीलाई व्यायामको मद्धतले बलियो बनाउने आदि उपचार विधि अपनाउनुपर्छ । जोर्नीलाई खुकुलो बनाउन तथा पूर्ण रुपमाहात परिचालन गर्न जोइन्ट मोबिलाइजेसन तथा म्यानुअल थेरापी विधि प्रयोग गरिन्छ ।

जतिसक्यो चाँडो उपचार गरेमा कुम र हात दुखाइका समस्या सरल र सहज तरिकाले समाधान हुन सक्छन् ।