बबईमा बाढी ३ जना बगायो : एकको उद्वार, २ बेपत्ता

वर्षासँगै आएको बाढीले बर्दियाको बबई नदीमा ३ जना बगाएको छ । बगेका ३ जनामध्ये एक जनाएको उद्वार भएके छ भने २ जना बेपत्ता रहेका छन् ।

दाउरा लिन आएका बेला बबईमा बाढीले उनीहरुलाई बगाएको प्रहरीले जनाएको छ । बाढीले बगाएका तीन जनामध्ये एक जनाको उद्धार गरिएको छ भने दुई जना बेपत्ता भएको गृह मन्त्रालयको राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रले जनाएको हो ।

बाढीका बेलासमेत बबईमा माछा मार्न, दाउरा लिनका लागि स्थानीयले आउन छाडेका छैनन् । यसो हुँदा दुर्घटनाको जोखिम बढेको भन्दै बबईमा पानीको वहाव नघटुन्जेल माछा मार्न एवं दाउरा लिन नजाउन आग्रह गरिएको छ ।