बद्री पंगेनीले दुई महिना पहिलै पठाए सिर्जु अधिकारी लाई तिजको दर खान –भिडियो सहित

काठमाडौं ०८ साउन– लोकप्रिय गायक बद्धि पंगेनी र गायिका सिर्जु अधिकारीको आवाजमा सजिएको मौलिक तिज गीत “तिजको दर” गीतको भिडियो बजारमा आएको छ ।

गीतमा तिजमा नारीहरुले मनोरञ्जनका लागी एवम आफनो परम्परा अनुसार दिदि बहिनीहरु भेला भएर आपसमा दुख सुख साटासाट गर्ने कुरालाई समेटिएको छ । गीतमा तिजको महिमालाई समेटिएको छ ।

रविन लामिछानेको शब्द तथा तिलक ओलीको लय सिर्जना बाट सुसजित गीतको म्युजिक भिडियो पनि निकै आकर्षक बनेको छ । दुर्गा पौडेलको छायाँकन , नविन धर्ति मगरको सम्पादन तथा शंकर विसीको निर्देशन भिडियोमा रहेको छ । गीतको भिडियोमा शंकर विसी अंजलि अधिकारी ,सिर्जु अधिकारी र कल्याण रत्न कार्किको नृत्य तथा अभिनय रहेको छ ।

हेर्नुहोस भिडियो-