बुढेसकालमा विहे

काठमाडौं / पछिल्लो समय सामाजिक सञ्जाल देखि पत्र पत्रिका जताततै निर्माता छवि ओझा र नायिका शिल्पा पोखरेलको घरायसी विवादको व्यापक चर्चा चुलिँदै गइरहेको बेला, कान्तिपुर टेलिभिजनबाट प्रसारित चर्चिच हास्यटेलिसिरियल “हर्के हल्दार” मा पनि सोही बिषय बस्तुलाई मध्यनजर गरेर ४२४ अौं भाग प्रस्तुत गरेका छन्,

‘जस्मा सिरियलका मुख्य पात्र लाहुरे बा ले भर्खरकी युवती बसन्ती सँग प्रेम विवाह गरेको र अन्तमा डिभोर्स भएको देख्न सकिन्छ ।

सर्वाधिक लोकप्रिय हास्य टेलिसिरिय हर्के हल्दार हरेक हप्ता शुक्रबार कान्तिपुर टेलिभिजन र युट्युबमा प्रसारण हुँदै आएको छ ।

शिव शर्माको लेखनमा इन्द्र दोङ लामाले निर्देशन गर्दै आईरहेको उक्त सिरियलमा बिष्णु सापकोटाले (लाहुरे बा र हर्के ) बनेर दोहोरो भुमिका निभाएका छन् ।