‘२० लाख पारिश्रमिक लिनको लागि पहिले ५० लाख दर्शक कमाउन सक्नुपर्छ’ : स्वस्तिमा खड्का

काठमाडौँ:हिजो राजधानीमा एक कार्यक्रमका आयोजना गर्दै चलचित्र ‘हजार जुनीसम्म’ को अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ। ट्रेलर सार्वजनिक कार्यक्रममा स्वस्तिमा खड्का, आर्यन सिग्देल, अखिलेष प्रधान, सञ्तिा लुईटेल, अनुभव रेग्मी लगायतका कलाकार उपस्थित भएका थिए । यस्तै कार्यक्रममा नायिका स्वस्तिमा खड्कालाई उनको पारिश्रमिकको विषयमाा पनि सोधिएको थियो ।

स्वस्तिमा हत्तपत्त आफ्नो पारिश्रमिक खुलाउँदिनन् । अहिले नायिकाहरुले एउटा चलचित्रमा काम गरेबापत २० लाखसम्म पारिश्रमिक लिन थालेका छन् । स्वस्तिमालाई तपाईको रेट पनि २० लाख नै हो भनेर प्रश्न गरिएको थियो । यसबारे स्वस्तिमाले कडा जवाफ दिए की छिन् । स्वस्तिमाले २० लाख पारिश्रमिक लिनको लागि पहिले आफूले ५० लाख दर्शक कमाउन सक्नुपर्छ ।

अनिमात्र २० लाख लिनु साच्चिकै उचित भएको बताइन् । साथै स्वस्तिमाले ५० लाख दर्शक कमाएर २० लाख पारिश्रमिक लिएपछि नाक फुलाउँदा राम्रो हुन्छ समेत भनेकी छिन् । अहिले धेरैले स्वस्तिमाको भनाई पूजा शर्माको लागि भएको अनुमान लगाएका छन् । किनकी पूजाले नै आजभोली एउटा चलचित्र गरेबापत २० लाख लिन थालेकी छिन् ।

परिबर्तन खबरवाट साभार