तीन दिनसम्म भारी भर्षा हुने : सर्तक रहन आग्रह

आगामी तीन दिनसम्म देशका धेरै ठाउँहरुमा भारी वर्षा हुने र बाढी तथा पहिरोको सम्भावना रहेकाले नदीको आसपासका क्षेत्रमा सतर्क रहन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरिएको छ ।

सोमबार काठमाडौँ उपत्यकासहित देशका धेरैजसो ठाउँको मौसम आशिंकदेखि सामान्य बद्ली भई केही ठाउँमा पानी पर्ने सम्भावना रहेको विभागले जनाएको छ । मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनसम्म देशका विभिन्न ठाउँमा आंशिकदेखि सामान्य बदली रही केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा हुने संभावना रहेको जनाएको छ ।

बगांलको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभाव सुदूर पश्चिमका केही भूभागमा परेकाले अहिले पनि सुदूर पश्चिमका केही ठाउँमा पानी परिरहेको छ । दिउँसो भने देशका अरु ठाउँमा पनि पानी पर्ने सम्भावना रहेको बताइएको छ ।