पिसाब किन पोल्छ ?

पिसाब किन पोल्छ ?

शरीरमा रहेका विषातm पदार्थ पिसाबको माध्यमबाट बाहिर निस्कन्छन् । पिसाब पोल्नु र पिसाब गर्दा पीडा हुनुजस्ता समस्याले अन्य धेरै रोगको संकेत गर्छ । पिसाब पोल्न समस्या भएमा मूत्रशयमा पीडा हुने,पिसाब दुर्गन्धित हुने, पिसाबको रङ गाढा पहेँलो हुने, थोरै थोरै पिसाब पटक पटक आउनेजस्ता समस्या हुने गर्छन् । पुरुषको तुलनामा महिलामा पिसाब पोल्ने समस्या बढी हुन्छ । पाठेघरको मुख र मूत्रनलीजस्ता अंग एउटै ठाँउमा हुने भएकाले संक्रमण छिटै फैलिन्छ ।

कारण

सामान्यतया शरीरमा पानीको मात्रा कम भएमा पिसाब पोल्छ । जस्तै, गर्मी याममा शरीरबाट पानी अन्य माध्यमबाट पनि बाहिर जान्छन् । यसले गर्दा शरीरबाट विषातm वस्तु बाहिर ल्याउन प्रशस्त पानी चाहिन्छ ।

विभिन्न संक्रमणका कारण हो पनि पिसाब पोल्नुको मुख्य कारण हो । त्यस्तै मिर्गौलामा पत्थरी, मधुमेह,मेरुदण्डमा चोट र कलेजोसम्बन्धी समस्या हुँदा पनि पिसाब पोल्ने समस्या हुन्छ ।

कतिपय अवस्थामा शरीरबाट पिसाब पूर्ण रुपमा बाहिर नआँउदासमेत पिसाब पोल्ने गर्छ । विभिन्न कारणले पटक पटक पिसाब लागे पनि त्यसले पूर्णता पाउँदैन । पिसाबथैलीमा मासु पलाएमा पनि पिसाब पोल्ने वा दुख्ने हुन्छ ।

उपचार

शरीरमा पानीको मात्रा कमी हुन दिनुहुँदैन । यदि कुनै रोगका कारण पिसाब पोल्ने समस्या भएको हो भने सम्बन्धित रोगको उपचार गर्नुपर्ने हुन्छ ।

पिसाब पोल्ने समस्या कुनै जटिल रोगको लक्षण हुन सक्ने भएकाले समयमै उपचार गर्नुपर्छ । अन्यथा पिसाब पोल्ने समस्या पछि गएर जटिल रोग बन्न सक्छ ।