केकी अधिकारीको तीज कोसेली

काठमाडौं १८ साउन / नायिका केकी अधिकारी अभिनित तीजको गीत सार्वजनिक भएको छ । नेपाली चलचित्र र अन्य म्युजिक भिडियोमा सफल नायिकाका रुपमा रहेकी अधिकारी अभिनित यो पहिलो तीज गीत हो । तीजै रमाईलो बोलको गीतमा गायीका गोमा कार्कीको स्वर रहेको छ ।

जीवन शाहीको निर्देशन रहेको तीजै रमाईलो बोलको गीतमा शब्द रञ्जन पोखरेलको रहेको छ । सीडीएम म्युजिक क्रिएसनले बजारमा ल्याएको सो गीतमा गोमा कार्कीको स्वर र सीडी बिजय अधिकारीको संगीत रहेको छ ।

सो गीत सीडीएम म्युजिक त्रिएसनले आज सार्वजनिक गरेको छ । तीजको गीतमा पहिलो पटक अभिनय गरेकी केकीले गीतले आफूमा निक्कै प्रभाव पारेका कारण सिनेमाको सुटिङ रोकेर पहिलो पटक गीतमा अभिनय गरेको बताईन् ।

आजै सार्वजनिक भएको दुई घण्टा मै सो गीत ५ हजार बढीले हेरिसकेका छन् ।