शर्मिला गुरुङ को तीज गीत “तामैको आचार” –भिडियो सहित

काठमाडौं । बहुचर्चित लोक तथा दोहोरी गायिका शर्मिला गुरुङको तीज गीत ‘तामैको अचार’ भखरै मात्रै डिजिटल बजारमा सार्वजनिक भएको छ ।

केहि दिन पहिले सार्बजनिक भएको शर्मिला गुरुङको ‘भाग्य’ बोलको गीतले चर्चा सेलाउन न पाउदै । “मनकी धनी भाग २” ‘तामैको अचार’ बोलको गीत बजारमा सार्बजनिक गरेकी हुन् ।

तीजको गीतमा मौलिकता र टिपिटकल भाका प्रस्तुत गर्न सिपालु गायिका गुरुङलाई तीज गायिका भनेर समेत चिनिने गरिन्छ ।

शर्मिला गुरुङ र सुरेन्द्र गुरुङको शब्द रहेको यस गीतको शब्द तथा लय स्वंयम शर्मिला गुरुङको रहेको छ भने चर्चित संगीतकार बि.पी. अनुरागले संगीत संयोजन गरेका छन् ।

प्रकाश भट्टको निर्देशन मा तयार भएको सो गीत म्युजिक भिडियो मा पनी स्वंयम शर्मिला गुरुङ ,सुरेन्द्र गुरुङ ,राजेश पराजुली र भिममाया गुरुङ को उत्कृष्ट अभिनय देख्न सकिन्छ।

राजेश घिमिले खिचेको भिडियो लाई बिष्णु शर्माले सम्पादन गरेका छन। गीत शर्मीला गुरुङ को आफ्नै यूटुब च्यानल बाट सार्वजनिक भएको छ।

हरितालीका तिजको शुभकामना सहित गीतको सफलताको शुभकामना पनी हाम्रो टिमको तर्फबाट ।

भिडियो //