पशुपति शर्मा, बिमा कुमारी दुरा ,शर्मिला गुरुङ र देवी घर्तिको आवजमा तीज गीत “हाम्रो कथा”

महेन्द्र मुस्कान क्षेत्री काठमाडौं — नेपाली नारीहरुको महान चार्ड हरितालिका तीज आउन अब महिना दिन मात्रै बाकी होला तर डिजिटल बजारमा भने दिनकै अनगीन्ती गीत हरु सार्वजनिक भएका छन।

बिशेष महिलाहरुको महान चार्डको रुपमा लिइने यो पर्वमा पराई घर गएकी चेली माइतीमा आउनी र आमा संग दु:ख सुख्ख साटासाट गर्नी अनि मिठो मिठो परिकार हरु खाने प्रचलन रहेको छ।

यो पर्व बिस्तारै लोभ हुदै गएको पनी देख्न सकिन्छ पहिले को जमना मा बिशेष दिदि बहिनि र आमा हरु मिलेर तिज का गीत गाउनी र रमाइलो गर्ने प्रचलन थियो आजकल पाटि प्याल्ज मै तीज का गीत डिजे लगाएर मनाउन लागी सके ।

तीज गीत भन्दा बितिक्कै महिलाहरु को चार्ड भएता पनी नेपाली सांगेतिक बजारमा भने पशुपति शर्माका गीतनै धेरै आउने गर्थे तर यस वर्ष भने थोरै मात्रै गीत गरेका शर्माका केहि गीत बजार आइ सकेका पनि छन र उतिकै उत्कृष्ट र सबैको मन मा बसि पनि सकेका छन।

यसै बिचमा फेरि उनै गायक शर्माको लय शब्दमा नयाँ तिज गीत “हाम्रो कथा” डिजिटल बजारमा सार्वजनिक भएको छ । बहुचर्चित गायिका हरुले आवाज र अभिनय गरेको उक्त तिज गीत मङ्गलबार बाट बजारमा सार्वजनिक भएको छ। बास्तबिक चेलिको पिडा बोकेको सो तिज गीत एकदमै टिपिकल बनेको छ।

बिमा कुमारि दुरा, शर्मिला गुरुङ, देबी घर्ती र पशुपति शर्माले आवाज दिएको सो गीतको म्युजिक भिडियो छायांकन तथा निर्देशन दुर्गा पौडेल ले गरेका छन। उनै गायक गायिकाको उत्कृष्ट अबिनय भिडियोमा देख्न सकिन्छ। नबिन घर्तिले सम्पादन गरेको गीतको म्युजिक पशुपति शर्माको आफ्नै यूटुब बाट सार्वजनिक गतिएको छ।

भिडियो हेर्नुहोस् —