पौडी पोखरीमा ३ क्वीन्टल सुन ! वास्तविकता सुनेर सबै हैरान

एजेन्सी । भारतमा हजारौं व्यक्तिबाट करोडौं रुपैयाँ ठगी गरेका गहना व्यवसायी मन्सुर खानको घरको पौडी पोखरीबाट सुनका ५ हजार ८ सय ८८ वटा बिस्कुट भेट्टिएका छन् ।

तर पुलिस अनुसन्धानका क्रममा ती सबै नक्कली रहेको फेला परेको छ । ३ सय ३ किलो नक्कसी सुन उनले पौडी पोखरीमा किन राखे ? भन्ने विषयमा अनुसन्धान चलिरहेको छ ।

भारतको कर्नाटकका खानले हजारौं व्यक्तिबाट करोडौं रुपैयाँ ठगेको उजुरी परेको छ । उनले ३० हजार व्यक्तिको करोडौं रुपैयाँ ठगी गरेका छन् ।

आइएमए नामको ज्वेलरी पसल सञ्चालक खानको घरमा रहेको पौडी पोखरीबाट पुलिसले नक्कली सुनका बिस्कुट बरामद गरेको हो ।

नक्कली सुनका बिस्कुट पौडी पोखरीमा राख्ने वसीम नामका व्यक्तिलाई पनि पुलिसले नियन्त्रणमा लिएको छ ।

मुख्य आरोपी खानलाई पुलिसले दुवईबाट नयाँ दिल्ली आउने क्रममा पक्राउ गरेको छ । उनी एक महिनादेखि फरार रहेका थिए । ठगी काण्डमा पुलिसले अहिलेसम्म ३० जनालाई नियन्त्रणमा लिएको छ ।